जापान पठाइदिन्छु भन्दै ८० लाख ठगी गर्ने एक महिला पक्राउ

तनहुँ : वैदेशिक रोजगारका लागि जापानमा पठाइदिन्छु भनी ८० लाख ठगी गर्ने तनहुँकी एक महिला पक्राउ परेकी छन् । व्यास नगरपालिका–१२ गोल्ला निवासी ३८ वर्षीय मनुमाया थापा पक्राउ परेकी हुन् । 

थापाले तनहुँको भीमाद नगरपालिका-५ घरभई हाल कास्की जिल्लाको पोखरा महानगरपालिका-१ बगर निवासी ३८ वर्षकी रुपासरा रानालाई ठगी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई विश्वास दिलाई फेमिली भिसामा जापान पठाइदिन्छु भनी ठगी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता दीपककुमार रायले जानकारी दिनुभयो । 

प्रनाउ रायका अनुसार थापाले विभिन्न बैङ्क खातामा पैसा जम्मा गर्न लगाई ७९ लाख ९७ हजार नौ सय १९ निकाली सकेपछि उजुरीको आधारमा थापालाई पक्राउ गरेको हो ।

प्रहरीले निजको साथबाट चार लाख ८० हजार र विभिन्न सात वटा बैङ्कको चेक बुक समेत बरामद भएको छ । थापालाई ठगी सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार