यस्तो छ श्रद्धा कपुर अभिनित ‘स्त्री २’ को ट्रेलर

एजेन्सी : श्रद्धा कपुरको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘स्त्री २’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले अघिल्लो फिल्म ‘स्त्री’ को कथालाई अगाडि बढाएको छ। 

यो फिल्म २०१८ को हिट हरर कमेडी चलचित्र ‘स्त्री’ को सिक्वेल हो, जसले दर्शकलाई धेरै हँसाएको र डराएको थियो। ‘स्त्री २’ को श्रद्धा कपुरसहित राजकुमार राव मुख्य भूमिकामा छन्। 

Galaxy

‘स्त्री २’ को कथा चन्देरी नामक गाउँको वरिपरि घुमेको छ। अघिल्लो फिल्ममा महिलाको आतंकले गाउँलेहरु हैरान थिए। अहिले कथामा नयाँ भूत आइपुगेको छ, जो महिलाभन्दा खतरनाक छ। कथामा अर्को ट्विस्ट छ।

यस पटक श्रद्धा कपुर महिलाको रुपमा मानिसहरुको सुरक्षा गर्दै देखिनेछिन्। फिल्मको ट्रेलरमा उनको धेरै दमदार दृश्यहरू समावेश गरिएको छ। यसैबीच विक्कीको भूमिकामा राजकुमार राव आफ्नो पुरानो शैलीमा फर्किएका छन्। 

पंकज त्रिपाठी, अपारशक्ति खुराना र अभिषेक बनर्जी पनि आफ्नो पुरानो भूमिकामा छन्। फिल्मको स्टार कास्ट, उनीहरुको कमिक टाइमिङ र अभिनयले ट्रेलरलाई झनै रमाइलो बनाएको छ। ‘स्त्री २’ लाई ‘स्त्री’ बाट निर्देशनमा डेब्यू गरेका अमर कौशिकले निर्देशन गरेका हुन्।

‘स्त्री २’ यसै वर्षको अगस्ट १५ मा रिलिज हुँदैछ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार