शेयर बजारमा साताभरि रौनक, नेप्से उच्च अंकले वृद्धि

काठमाडौँ : बजार परिसूचक नेप्से बिहीबार ५९.६८ अंकले बढेर दुई हजार ४२४ विन्दु पार गरेको छ। नयाँ सरकार बनेसँगै शेयर बजारमा लगातार सुधार आएको छ।

एक साताभरिमा नेप्से परिसूचक २२० अंकले बढिसकेको छ। यो साताको कारोबार भएको पाँच दिनमध्ये चार दिन बजार उकालो चढेको छ। पछिल्ला तीन दिनमा मात्रै नेप्से परिसूचक १८४ अंकले बढेको छ।

Seti Hospital

लामो समय शिथिल शेयर बजारमा पछिल्ला तीन सातामा उच्च सुधार देखापरेको छ। दुई वर्ष शिथिल रहेको बजारमा क्रमशः सुधार आएको देखिएको हो।

ब्यांक तथा वित्तीय संस्थाको कर्जाको ब्याज घटेको तथा सरकारले शेयर बजार अनुकूल नीति समात्ने भएपछि लगानीकर्ता उत्साहित बनेका हुन्। अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले पाएका कारण पनि बजारमैत्री नीति आउने अपेक्षामा लगानीकर्ताको उत्साह बढेको बताइन्छ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। बिहीबार मात्रै शेयर बजारमा १५ अर्ब ५४ करोड रुपैयाँको शेयर किनबेच भएको छ। यो पछिल्लो तीन वर्षयताकै उच्च रकम हो। बजार उल्लेख्य बढेका वेला २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको थियो।

बिहीबार नौ वटा कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा ब्यांक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत्सहितका कम्पनीक लगानीकर्ताले उच्च नाफा कमाएका छन्। कारोबार भएकामध्ये १४४ कम्पनीको शेयरको मूल्य बढेको छ भने ९५ वटाको घटेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार