प्रधानमन्त्री ओली भन्छन् नेपालीको इतिहास गर्व गर्न योग्य छ !

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको बताएका छन् । इञ्जिनियर दिवसको अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको इतिहास प्रशंसायोग्य भएको उल्लेख गर्दै अहिलेको अवस्था भने त्यति राम्रो नभएको बताए । देशलाई बिग्रिएको अवस्थाबाट उज्यालोतर्फ लैजानु आजको आवश्यकता रहेको प्रधानमन्त्री ओलीले बताए । 

प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा देखिएका विद्यमान समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे । ‘आज सन्तोष मान्ने र खुसी हुने अवस्था छैन, यस अवस्थालाई हामीले बदल्नै पर्छ’, उनले भने ।

Dengue

अहिले देशको अवस्था जस्तो भए पनि भविष्य भने उज्वल रहेको प्रधानमन्त्री ओलीले बताए । यसमा कुनै शङ्का नगरी देश निर्माणको काममा लाग्न ओलीले आग्रह गरे । ‘देश र इतिहास प्रशंसा गर्न लायक छ, हाम्रो गौरवपूर्ण इतिहास छ, भविष्य उज्वल छ । यसमा कुनै शङ्का नगरी देश निर्माणका सबै एकजुट भएर लाग्नुपर्छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले इञ्जिनियर देश बनाउने हात भएकाले देश निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले समस्या देखाउने मात्र नभई समाधानका विकल्पहरु देखाउन सबैको ऐक्यबद्धता आवश्यक पर्नेमा जोड दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार