धनगढीको मालाखेती प्रहरीमा एक वर्षभित्र ३८० मुद्दा दर्ता

धनगढी : इलाका प्रहरी कार्यालय मालाखेतीमा एक वर्षमा ३८० मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ३८० मुद्दा दर्ता भएका हुन् । इलाका प्रहरी कार्यालयले नयाँ आर्थिक वर्ष सुरु भएसँगै गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा दर्ता भएका मुद्दाहरुबारे जानकारी गराएको हो ।

कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ३५० मुद्दा दर्ता भएकामा यो संख्या बढेर ३८० पुगेको छ । ३८० मुद्दामध्ये २६० मुद्दा फछ्र्यौट भएका छन् भने १२० मुद्दा फर्छ्यौट हुन बाँकी छन् । यी मुद्दा ३८४ जनामाथि चलाइएको छ ।

दर्ता भएका मुद्दाहरुमा सबैभन्दा बढी ८४ ओटा सार्वजनिक हित, स्वास्थ्य समेत विरुद्धको कसुरका छन् । त्यसैगरी लागुऔषधका ६६ ओटा, बैंकिङ कसुरका ६१, आत्महत्याका ४५, भवितव्य ज्यानका २६, सवारी ज्यानका २१, जबरजस्ती करणीका १६, सवारीबाट भवितव्य र चोरीका १०/१० ओटा, फुटकर ज्यानका ८, जबरजस्ती करणी उद्योगका ७, बहुविवाहका ५, आत्महत्या दुरुत्साहन र ठगीका ४/४ मुद्दा दर्ता भएका छन् ।

त्यस्तै, जुवाका ३, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र बालयौन दुरुपयोगका २/२ ओटा, कर्तव्य ज्यान, आपराधिक उपद्रव, सवारी अंगभंग र सहकारी ऐनका १/१ ओटा मुद्दा दर्ता भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार