काभा यु–२० महिला भलिबल : नेपालले आज श्रीलंकासँग पहिलो खेल खेल्दै

एजेन्सी : नेपालले आज सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० महिला च्याम्पियनसिपमा आज पहिलो खेल खेल्दैछ ।

नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकाको सामना गर्न लागेको हो ।जेनिशा विकको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो पटक काभाको उमेर समूहको प्रतियोगिता खेल्न लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ । नेपालले आफ्नो डेब्यु खेलमै उपाधी लक्ष्य राखेको छ ।

Dengue

नेपाली टोलीले सन् २०१९ र २०२१ मा लगातार दुईपल्ट एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपको उपाधि जितेर इतिहास नै रचेको छ । पछिल्लो संस्करणमा भने नेपाल तेस्रो बनेको थियो ।

सिंगल राउन्ड रोबिनका आधारमा सबै टोलीले एकआपसमा खेलेपछि सेमिफाइनल खेल हुनेछ । लिगमा पहिलो हुने र चौथो हुने तथा दोस्रो हुने र तेस्रो हुनेबीच सेमिफाइनल खेल हुनेछ । फाइनल खेल आगामी मंगलबार हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार