भयावह बन्दै लागुऔषध कारोबार, एकवर्षमै गोदावरीमा ९८ जना पक्राउ

भक्तराज जोशी

कैलाली । कैलालीमा लागुऔषध कारोबार भयावह बन्दै गएको छ । पछिल्लो समय कैलालीको गोदवारी, धनगढी, लम्की तथा चिसापानी क्षेत्रमा लागुऔषध कारोबार बढ्दै गएको हो ।

यसैबीच गत आर्थिक वर्षमा कैलालीको गोदावरी नगरपालिकामा मात्रै लागु औषध कारोबारमा संलग्न ९८ जना पक्राउ परेका छन् । विभिन्न समयमा कुल ६६ लागुऔषध सम्बन्धी मुद्दामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

लागुऔषधसम्बन्धी जनचेतना फैलाए पनि वा धमाधम कारोबारीलाई नियन्त्रणमा लिए पनि कैलालीमा लागुऔषध कारोबार नरोकिएको स्वयम् प्रहरीहरु स्वीकारछन् ।

यसरी लागुऔषध कारोबारको नियन्त्रणमा भरपूर प्रयास गरे पनि अपेक्षित रुपमा कारोबार रोक्न नसक्दा र कारोबारीको पहिचानमा कठिनाई हुँदा कैलालीमा लागुऔषध कारोबार प्रमुख चुनौतीका रुपमा देखिएको छ । यद्यपि प्रहरीले भने पछिल्लो समय लागुऔषध कारोबार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार