त्रिशूलीमा बेपत्ता बस चालकका छोरा-छोरीको शिक्षाको जिम्मा वीरगन्ज महानगरले लिने

वीरगन्ज : चितवनको सिमलतालमा भएको बस दुर्घटनामा परी त्रिशूली नदीमा बेपत्ता भएको एन्जल डिलक्स बसका चालकको छोरा-छोरीको शिक्षाको जिम्मा वीरगन्ज महानगरपालिकाले लिने भएको छ। 

गत शुक्रबार नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता बनाएको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जेल डिलक्स बसका चालक जवाहीर महतोको नाबालक दुई छोरा र १ छोरीको शिक्षादीक्षाको जिम्मा वीरगन्ज महानगरपालिकाले लिने भएको हो। 

Dengue

बससFगै त्रिशूली नदीमा बगेका वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३६ वर्षीय जवाहीरको अवस्था अझै अज्ञात छ। दुर्घटना भएको ६ दिन भइसक्दा पनि उनीसँगै अरु ४८ जना फेला पर्न सकेका छैनन्। 

बुधबार बिहान नगवास्थित जवाहीरको घरमा पुगेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पीडित परिवारसँग भेटे। पीडित परिवारको पीडामा आफूहरूसँगै रहेको बताउँदै मेयर सिंहले जवाहीरका दुई छोरा र एक छोरीको शिक्षादीक्षाको जिम्मा महानगरपालिकाले लिने बताए। उनले चालक जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेको पनि बताए।

जवाहीरका बृद्ध बुबा भगवान महतोलाई सान्तवना दिँदै मेयर सिंहले भने, ‘तपाईँहरूको पीडासँगै हामी छौं। जवाहीरजीका छोरा छोरीका पढाइलिखाईको जिम्मा महानगरले लिन्छ। अरु केही सहयोग चाहिन्छ भने भन्नुहोला। हामी सहयोग गर्छौ।’
बुबा भगवान्का अनुसार, २ छोरा, १ छोरी र श्रीमती रहेका जवाहीरले रात्रि बस चलाएर जीविकोपार्जन गर्दै आएका थिए। घरको मूली (जवाहिर) नै नरहेपछि परिवार विचल्लीमा परेको दुखेसो उनले मेयर सिंहसामु सुनाए।

जवाहीरका शोकमग्न परिवारलाई भेटेपछि मेयर सिंहले उक्त दुर्घटनामा परेर बेपत्ता भएका वीरगन्ज महानगरका अरु दुई जनाको परिवारला ईपनि उनीहरूकै घरमै पुगेर बुधबार नै भेटेका छन्। 
   
शिक्षण अस्पताल काठमाडौंबाट बीएससी नर्सिङ पूरा गरि सेवा अवधिका लागि पत्र बुझ्न हिँडेका वीरगन्ज-१६ नगवामै बस्दै आएका अरबिन्द पणितका परिवारसँगपनि भेट गर्दै मेयर सिंहले पीडित परिवारको साथमा आफू सधैं रहेको बताए। नगवाकै नयाँ टोलका ४५ वर्षीय हरेन्द्र पणितको परिवारलाई पनि मेयर सिंहले भेट गरे। काठमाडौंमा फर्निचरको काम गर्दै आएका उनी पनि एन्जल बसमै काठमाडौं गइरहेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार