धनगढीमा एक युवकले होटेलको छतबाट हाम फाले

धनगढी : धनगढीमा एक युवकले होटेलको छतबाट हाम फालेका छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकमा रहेको खप्तड सैपाल होटल एण्ड लजमा काम गर्ने बैतडीको दशरथचन्द नगरपालिका-५ का २० वर्षीय हेमराज जोशीले गएराति पौने २ बजे छतबाट हाम फालेका हुन् ।

उनले मादक पदार्थ सेवन गरी सोही होटेलको एक तला माथिबाट हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले बताए । छतबाट हाम फालेर घाइते भएका जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार