कमैया प्रथा मुक्तिको २४ वर्ष पुरा, अझै पुनः स्थापना कै काम बाँकी

धनगढी : दास प्रथाको अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको आज २४ वर्ष पूरा भएको छ । जमिन्दारहरुको घरमा दासकै जस्तो जीवन बिताइरहेका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका कमैयालाई सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषण गरेको थियो । तर मुक्त घोषणा भएको लामो समय बितिसक्दा पनि कतिपय मुक्त कमैयाको पुनः स्थापना हुन सकेको छैन ।

सरकारले जमिनदारको घरमा काम गर्दै आएका ३२ हजार पाँच सय कमैयालाई मुक्त घोषणा गरेको थियो । मुक्त घोषणापछि सरकारले अधिकांश कमैयाको पुनः स्थापना गरिए पनि अझै २ हजार ३ सय ७५ कमैयाको पुनः स्थापना हुन बाँकी रहेको मुक्त कमैया महिला विकास मञ्चले जनाएको छ ।

Dengue

मुक्त कमैया महिला विकास मञ्चकी अध्यक्ष सीमाकुमारी चौधरीले बाँकी रहेका मुक्त कमैयाको पुनः स्थापनाका लागि सरकार गम्भीर नभएको बताइन् । उनले थोरै मात्र मुक्त कमैयाको पुनः स्थापना हुन बाँकी रहेकाले सरकारले उनीहरूको न्यायोचित पुनः स्थापना गर्नुपर्ने बताइन् । सरकारले मुक्त कमैयाको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

मञ्चकी पूर्व अध्यक्ष कौशिला चौधरीले बाकी रहेका मुक्त कमैयाको पुनः स्थापनामा सरकारले तदारुकता नदेखाएको बताइन् । उनले भनिन् ‘अब ५÷७ प्रतिशत मात्रै मुक्त कमैयाको पुनः स्थापना हुन बाँकी छ । हामीले बसेकै ठाउँमा नापनक्सा गरिदिन भनेका छौँ । धेरै कहीँ मागेका छैनौँ । यसमा तीनै तहका सरकारले ध्यान दिन आवश्यक छ ।’ उनले सरकारले मुक्त कमैयाको लागि काम गरे पनि सबैको पुनः स्थापना गर्न सके मात्रै सफल हुने बताइन । बाँकी रहेकाको पुनः स्थापना,शिक्षा स्वास्थ्य लगायतका विषयमा सरकारको ध्यान दिनुपर्ने उनको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार