टिभीमा पनि आउन थाल्यो सिरियल ‘भुन्टी’

भक्तराज जोशी

काठमाडौँ : नेपाली सिरियल ‘भुन्टी’ टेलिभिजनमा पनि प्रसारणमा आउन थालेको छ। 

युट्युबमा लोभलाग्दो भ्युज पाउँदै आएको यो सिरियल मंगलबारदेखि कान्तिपुर टिभी एचडीमा प्रसारण हुन थालेको हो।

Seti Hospital

सिरियलको पछिल्लो एपिसोड हिजो राती ९ बजेदेखि टेलिभिजनमा प्रसारण भयो। ९ः १० बजे युट्युबमा स्ट्रिमिङ गरियो। 

यसअघि सिरियल मंगलबार ८ बजे युट्युबमा प्रसारण हुने गरेको थियो। 

सिरियलकी निर्माता, निर्देशक एवं कलाकार आशा गौतमले एक भिडिओ सन्देश जारी गर्दै विकट गाउँका दर्शकलाई लक्षित गरेर टिभीमा पनि प्रसारणमा ल्याइएको बताएकी छन्। 

अब हरेक मंगलबार राती ९ बजे कान्तिपुर टिभी र त्यसको १० मिनेटपछि ‘सुकुमाया टिभी’ युट्युबमा प्रसारणमा आउने आशाले बताइन्। 

पारिवारिक कथामा निर्माण हुँदै आएको ‘भुन्टी’ सेन्टिमेन्टल सिरियल हो। 

यसको शीर्ष भूमिकामा आशा स्वयं देखिँदै आएकी छन्। साथमा शारदा गिरी, सुशील पोखरेल, सागर गौतम, विजय देउजा, हिउँवाला गौतम, सुवास गजुरेल, विनोद श्रेष्ठ, इन्द्रजित चौलागाईँलगायत कलाकारको अभिनय छ। 

आशा फिल्मस्को प्रस्तुति रहेको सिरियलको अहिलेसम्म २२३ भाग प्रसारणमा आएको छ। 

भुन्टी अहिलेको समयमा युट्युबमा सबभन्दा धेरै भ्युज पाउने सिरियल हो। यसले सातामै ५० लाख बढी दर्शक बटुल्ने गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार