सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम

काठमाडौं : सुनको मूल्य तोलामा डेढ लाख रुपैयाँ नजिक पुगेको छ । तोलामा एकै दिन २ हजार रुपैयाँले बढेर सुन तोलाको झण्डै डेढ लाख पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।

Dengue

नेपाली बजारमा आज सुन तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन तोलामा १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य पनि आज बढेको छ ।

अघिल्लो दिन तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार