दीपेन्द्र ऐरीसहित १० प्रहरीको विशेष बढुवा, को–को भए बढुवा ?

काठमाडौं : नेपाल प्रहरीले १० जना प्रहरीलाई विशेष बढुवा गरेको छ । प्रहरीले सर्वोत्कृष्ट काम गरेबापत आर्थिक वर्ष २०८०–८१ वर्ष नेपाल प्रहरीका १० प्रहरीको विशेष बढुवा भएको गरेको हो ।

क्रिकेटर दीपेन्द्र सिंह ऐरी खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत तथा अन्य नौ जना शान्ति सुरक्षामा महत्वपूर्ण योगदान गरेबापत एक तह विशेष बढुवा भएका हुन् ।

Dengue

ऐरीको गत वर्ष असोजमा निर्णय भएकोमा अन्य नौ जनाको मंगलबार विशेष बढुवा भएको छ । जसमा प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल र ईश्वर कुमार खत्री, असई गोकुल खत्री, वरिष्ठ हवल्दार दीपेन्द्रबहादुर चन्द छन् ।

त्यस्तै, हवल्दारहरु अमरराज मिश्र, प्रभातकिरण श्रेष्ठ, रविना राई तथा प्रहरी जवानहरू हिमाल शाही र सूर्य कुँवरको पनि उत्कृष्ट काम गरेको आधारमा पुरस्कृत भएका छन् ।

असार महिनाभित्रै विशेष बढुवा गर्ने चलन भए पनि यसपटक केही ढिलाइ भएको थियो । प्रहरी नियमावलीअनुसार एक आर्थिक वर्षमा बढीमा १० जना प्रहरीको विशेष बढुवा गर्न सकिने प्रावधान छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार