घुससहित पक्राउ परे शैल्यशिखरका २ ‘घुस्याहा कर्मचारी’

धनगढी । घुससहित दार्चुलाका २ जना कृषि प्राविधिक पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिकाका २ जना कृषि प्राविधिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कृषि शाखा प्रमुख मोहनसिंह धामी र कृषि प्राविधिक सहायक अशोकसिंह धामी रहेका छन् ।

Dengue

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले धनगढी ४ बोराडाँडीबाट पक्राउ गरेको हो । दुवैजनालाई घुसबापत लिएको ४ लाख १२ हजार रकमसहित पक्राउ गरिएको अख्तियार स्रोतले बताएको छ ।

स्रोतका अनुसार उनीहरुले कृषक समूहको बिल भुक्तानीका क्रममा घुस मागेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार