बारामा बस पल्टिँदा १७ घाइते 

बारा : भैरहवाबाट वीरगन्जतर्फ जाँदै गरेको बस बाराको जीतपुरसिमरा २३ भलुहीमा मंगलबार पल्टिँदा १७ यात्रु घाइते भएका छन् । 

ना ७ ख ६०७६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते तीन जनाको अवस्था गम्भीर छ । अन्यको सामान्य अवस्थामा उपचार भइरहेको जिल्ल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

Dengue

बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा त्यसमा सवार २२ जना यात्रुहरुमध्ये १७ घाइते भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । घाइतेहरूको वीरगन्जकोको मेडिसीटी बयोधा अस्पालमा उपचार भइरहेको छ ।

बस चालक चितवनको राप्ती नगरपालिका ६ भण्डाराका ३० बर्षीय सागर न्यौपाने प्रहरीको नियन्त्रणमा छ । बस पल्टेको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार