नेप्सेमा हरियाली, ७० अंकले बढ्यो !

काठमाडौँ : नेप्सेमा आज हरियाली छाएको छ । आज एकैदिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अङ्कमा रोकिएको हो ।

नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेको दिन सोमबार घटेको नेप्सेले मंगलबार भने ठुलो अंकले बढेको छ ।

Dengue

आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ।

आज सिन्धु विकास बैंक, बरुण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, अन्खु खोला जलविद्युत र मन्दाकिनी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको थियो । आज कारोबार भएका सबै कम्पनिको शेयर मुल्य बढेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनगाडी ग्रुपको २१ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार