सेतीका डाक्टर मन्त्रालयमै बोलाएर पहिलो पटक छलफल

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट ‘सरल’ले पहिलो पटक सेती प्रादेशिक अस्पतालका चिकित्सकलाई बोलाएर छलफल गरेका छन् ।

मन्त्री भाटले मंगलबार मन्त्रालयमै धनगढीस्थित सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहितका विभिन्न विभागका प्रमुख तथा प्रतिनिधि चिकित्सकहरुलाई बोलाएर छलफल तथा अन्तरक्रिया गरेका हुन् ।

Dengue

मन्त्री भाटले मन्त्रालयका सचिवसहितलाई राखेर अस्पतालमा रहेका समस्या समाधान र चिकित्सक प्रोत्साहनका लागि गर्नुपर्ने विषयमा छलफल गरेका थिए । छलफलमा सहभागी चिकित्सकले सुदूरपश्चिम प्रदेश सरकारको इतिहासमै पहिलोपटक सामूहिक छलफल तथा अन्तरक्रिया गरिएको बताएका छन् ।

यस अगाडि मन्त्री भाटले सुदूरपश्चिमभरका अस्पतालका अध्यक्षसहित मेडिकल सुपरिटेन्डेन्टलाई पनि बोलाएर सामूहिक छलफल गराएका थिए । आजको छलफलमा मन्त्री भाटले चिकित्सकका समस्या समाधानका लागि मन्त्रालयबाट पहल गरिने र सेवा चुस्त बनाउन चिकित्सकहरुलाई निर्देशन दिएका छन् ।

सो क्रममा सेती प्रादेशिक अस्पतालका चिकित्सकहरुले सबै डिपार्टका समस्याहरु राखेका थिए । ती समस्या समाधानका लागि मन्त्री भाटले आफू प्रतिबद्ध रहेको जनाए ।

यस्तै सेतीमा भौतिक संरचना निर्माणसहित सेवा विस्तार र दरबन्दी बढाउने विषयमा मन्त्री पदमा हुँदामात्रै नभएर जुनसुकै जिम्मेवारीमा रहेपनी पहल गर्ने मन्त्री भाटको भनाइ छ । यस अगाडि नै सेतीको ओएण्ड एम गर्ने मन्त्री भाटले घोषणा गरिसकेको र सो फाइल मुख्यमन्त्री कार्यालयमा पुगेको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार