काठमाडौँ : काभ्रेको तेमाल गाउँपालिका–९ मा ६२ वर्षीया महिला बलात्कृत भएकी छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार बलात्कार आरोपमा रामेछापको सुनापति गाउँपालिका–५ घर भएका १८ वर्षीय पासाङ तामाङलाई पक्राउ गरिएको छ ।
मानसिक सन्तुलन गुमाएकी र बोल्न नसक्ने ती महिलालाई प्रहरीले संरक्षण गृहमा राखेको छ । असार २९ मा घटनास्थलभन्दा पारि रामेछाप तर्फबाट दुई जनाले देखेर प्रहरीले खबर गरेपछि इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरी नेतृत्वको टिमले पीडितलाई उद्धार गरेको छ ।
बलात्कारपछि भाग्दै गरेका किशोरलाई पक्राउ गरेर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए । आरोपी भक्तपुरमा मजदुरी गर्छन् । गाउँ फर्किँदा बाटोमा भेटेपछि अपरिचित महिलालाई बलात्कार गरेको उनले प्रहरीसँग बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्