बझाङमा यर्सागुम्बा र चरेश सहित एक जना पक्राउ

धनगढी : बझाङमा यर्सागुम्बा र चरेश सहित एक जना पक्राउ परेका छन । सोमबार साँझ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले सुर्मा गाउँपालिका – १ घर भई हाल जयपृथ्वी नगरपालिका – १० चैनपुर बस्ने ४८ वर्षीय लोक बहादुर बोहरा पक्राउ परेका हुन् ।

उनले सञ्चालन गरेको खुद्रा पसलमा खानतलाशी गर्दा थैली भित्र लुकाई राखेको अवस्थामा प्लाष्टिक डिब्बा सहितको तौल ९३९ ग्राम यर्सागुम्बा जडीबुटी र ६ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार