कैलालीमा पुलिसकै पत्नीसँग जाइलाग्ने सहायक हवल्दारको चितवन चलान

धनगढी : कैलालीमा कार्यरत एक प्रहरी सहायक हवल्दारलाई चितवन रमाना गरिएको छ। हालै धनगढीमै अटो चलाउने गरेकी प्रहरी हवल्दार धनबहादुर धामीकी पत्नीसँग विवाद गरेपछि सहायक हवल्दार मनोज चन्दलाई रमाना गरिएको हो।

चन्दले आफू असई हुँ भन्दै अटोमा चढेर पैसा नदिई जान खोज्दा महिलासँग विवाद भएको थियो। सो विवादको गुनासो जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेपछि चन्दलाई दरबन्दी भएकै स्थान चितवन रमाना गरिएको बताइएको छ।

SHIKHAR COOL TECH

चन्द काजमा कैलालीमा कार्यरत थिए। स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेर ड्युटीसमेत नगर्ने उनी बेलाबेला विभिन्न विवादमा मुछिदै आएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार