दुई विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं : असार ३१ गते सरकारको दुई विकास ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेपाल सरकारको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा निष्काशन भएका १८ अर्ब रूपैयाँ बराबरका ऋणपत्र सूचीकृत भएको हो । गत जेठ १७ गते निष्काशन भएको ९ अर्ब बराबरको ६ वर्ष अवधिको ५ दशमलव शून्य ८ प्रतिशतको र अर्को असार १२ गते निष्काशन भएको ९ अर्ब रूपैयाँ बराबरकै ५ दशमलव १७ प्रतिशत ब्याजदर रहेकी ८ वर्ष अवधिको विकास ऋणपत्र दोस्रो बजारमा सूचीकृत भएको हो ।

Dengue

६ वर्ष अवधिको ऋणपत्रको भुक्तानी मिति २०८७ साल जेठ १५ गते र ८ वर्ष अवधिको ऋणपत्रको भुक्तानी मिति २०८९ साल असार १० गते रहेको जानकारी कम्पनीले दिएको छ । सरकारी विकास ऋणपत्र दोस्रो बजारमा सूचीकरण भएपनि यसको कारोबार भने हुन सकेको छैन ।

प्रविधिमैत्री धितोपत्र बजारमा सरकारी ऋणपत्रहरू डिम्याट हुन नसक्दा कारोबारमा समस्या हुँदै आएको हो । सरोकारवाला निकायहरूले सरकारी ऋणपत्रहरू पनि दोस्रो बजारमा कारोबार गर्न सक्ने वातावरण बन्नुपर्नेमा जोड दिँदै आएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार