डडेल्धुरा : डडेल्धुराबाट बैंकिङ कसुरमा ५ लाख ३७ हजार जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन ।
सोमबार बिशेष अदालत बबरमहल काठमाण्डौले बैंकिङ कसुर मुद्दामा २ दिन कैद सजाय, ८ हजार क्षतिपुर्ती र ५ लाख ३७ हजार जरिवाना तोकिए अमरगढी नगरपालिका – २ का ३७ वर्षीय तिर्थराज जोशी पक्राउ परेका हुन ।
उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बागबजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्