पुलबाट हाम फालेका एक पुरुषको मृत्यु

धनगढी : कैलालीको गोदावरीमा पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । सोमबार राती साढे ११ बजे गोदावरी नगरपालिका – ८ स्याउले स्थित खुटिया नदीको पुलबाट हाम फाल्दा स्थानीय ५५ वर्षीय जोक्कर बहादुर गुरुङको मृत्यु भएको हो ।

पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरुङको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनलाई डाक्टरले राती  साढे १२ बजे मृत घोषणा गरेका थिए ।

Dengue

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

60%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार