धनगढी उपमहानगरपालिकाले ‘एक वडा एक खेल मैदान’ कार्यक्रम कार्यान्वनमा ल्यायो !

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले ‘एक वडा एक खेल मैदान’ कार्यक्रम कार्यान्वनमा ल्याएको छ। धनगढीमा खेल क्षेत्रको विकास र विस्तारका लागि यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

आजबाट सुरु भएको चालु आर्थिक वर्ष २०८१/८२ को नीतिअनुसार खेलकुद क्षेत्रको विकासका लागि सो ग्रासरुट लेभल कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। उपमहानगरपालिकाले वडा नम्बर १६ को प्रस्तावित नमुना विद्यालय श्री बेहडाबाबा माध्यमिक विद्यालयलाई ध्यानमा राखेर ग्रासरूट फुलबल खेलका लागि खेल मैदान बनाउने काम हिजो (सोमबार) देखि सुरु गरेको छ।

Dengue

उपमहानगरले खेलकुद सम्वन्धि कार्यक्रमहरुलाई व्यवस्थित गर्ने भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उपमहानगरको गौरव अभिवृद्धि गर्ने खेलाडीलाई सम्मान गर्ने योजना समेत छ। ग्रासरुट लेभलबाटै खेलाडीहरु उत्पादन गर्न सरोकारवालाहरुसँगको सहकार्यमा ग्रासरुट लेभल खेलकुद विकास कार्यक्रम सञ्चालन गरिने उपमहानगरको योजना छ।

उपमहानगरले खेलकुद विकासका लागि ग्रासरुट लेभल कार्यक्रम कार्यान्वनमा ल्याइसकेको छ। एक वडा एक खेलमैदान नीतिअनुसार यस्तो कार्यक्रम उपमहानगरका १९ वटै वडाभित्र सञ्चालन हुने गरी नीति तथा कार्यक्रम बनाइएको छ। खेलाडी उत्पादनका लागि उपयुक्त खेलमैदान आवश्यक पर्ने विषयलाई ध्यानमा राखेर उपमहानगरले यस्तो कार्यक्रम बनाएको हो।

धनगढीबाट खेलाडी उत्पादन गर्न र खेल क्षेत्रको विकास र विस्तार गर्न उपमहानगरले ग्रासरुट लेभल कार्यक्रमको अवधारणा अघि सारेको हो। हरेक नमुना विद्यालय र सबै सामुदायिक विद्यालयमा खेल मैदान बनाएर खेल क्षेत्रको विकास र विस्तार गर्ने योजना उपमहानगरको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार