ओली सरकारको पहिलो निर्णय – कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने’ पहिलो निर्णय गरेका छन् ।

सोमबार साँझ पदभार ग्रहण गरेका उनले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्य अनुसार सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेका हुन् ।

Dengue

दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय छ ।
यस कामका लागि तीनसय दिनको समयसीमा तोकिएको पनि ओलीले जनाएका छन् ।

सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट एसोसिएट सदस्यता पाएपछि नेपाल क्रिकेट संघ (क्यान) को तत्कालीन कार्यसमितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हाताभित्र उक्त मैदान बनाएको थियो ।

क्यान र त्रिभुवन विश्वविद्यालयबीच सुरुमा पाँच वर्षे सम्झौता भए पनि सम्झौता नवीकरण गर्दै क्यानले उक्त मैदानलाई लिजको रुपमा प्रयोग गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार