रवि लामिछाने प्रधानमन्त्री ओलीलाई दिए शुभकामना

कठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत सभापति लामिछानेले प्रधानमन्त्री ओलीसहित सम्पूर्ण मन्त्रीमण्डललाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।

Dengue

उनले शुभकामना दिँदै भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् ।

उनले सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।

उनले लेखेका छन्– ‘नवनियुक्त प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यू सहित सम्पूर्ण मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना । हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौँ भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौँ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार