नया प्रधानमन्त्री ओलिको सरकारमा सुदुरका ४ मन्त्री

धनगढी : कांग्रेस एमाले गठबन्धनको नयाँ सरकारमा सुदूरपश्चिमबाट चार जना मन्त्री बन्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा कांग्रेसबाट तीन जना र एमालेबाट एक जना गरि चा मन्त्रीको टुङ्गो लागेको हो ।

कांग्रेसबाट गृहमन्त्रीमा रमेश लेखक, परराष्ट्रमन्त्रीमा आरजु देउवा र पर्यटन मन्त्रीमा बद्री पाण्डेको टुङेगो लागेको छ ।

Dengue

यस्तै एमालेबाट उद्योगमन्त्री दामोदर भण्डारी दोहोरिँने भएका छन् ।

नयाँ मन्त्रीहरूको शपथ आजै हुँदै छ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए। प्रधानमन्त्रीको शपथ बिहान ११ बजे तय भएको छ। त्यसलगत्तै मन्त्रीहरूको पनि शपथ हुने भएको छ।

संविधानको धारा ७६ (२) अनुसार नेपाली कांग्रेससहितको समर्थनमा ओलीले शुक्रबार राति राष्ट्रपतिसमक्ष नयाँ सरकार गठनको दाबी पेस गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार