अर्जेन्टिनाले जित्यो कीर्तिमानी १६औं पटक कोपा अमेरिका उपाधि

काठमाडौं : लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।

अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको ४८औं संस्करणको कोपा फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई १–० ले पराजित गरेको हो ।

Dengue

अर्जेन्टिनाका लागि लाउटारो मार्टिनजेल ११२औं मिनेटमा जिओभानी लो सोल्सोको पासमा निर्णायक गोल गरे । लाउटारो र लो सोल्सो दुवै ९७औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । जहाँ जारी कोपाकै सर्वाधिक गोलकर्ता लाउटारो नायक बने । उनले प्रतियोगितामा यो पाँचौ गोल हो ।

अर्जेन्टिनाका कप्तान तथा सुपरस्टार लिओनल मेसी चोटका कारण दोस्रो हाफमा मैदान छोडेका थिए । उनलाई ६६औं मिनेटमा निकोलस गोन्जालेजले रिप्लेस गरेका थिए ।

च्याम्पियन बनेपछि अर्जेन्टिना कोपा अमेरिकाको सर्वाधि सफल टोली बनेको हो । यसअघि अर्जेन्टिना र उरुग्वेले समान १५ पटक उपाधि जितेको थियो । अब अर्जेन्टिनाले उरुग्वेलाई पछि पारिसकेको छ ।

यसैगरी अर्जेन्टिनाले लगातार तीन मुख्य उपाधि समेत जितेको छ । अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जितेको थियो भने सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार