मेयर बालेनको मिसनमा उच्च अदालतको साथ, अब न्यूरोडको फुटपाथ बन्ने

काठमाडौं : काठमाडौँ महानगरपालिकाले राजधानीको न्युरोडमा शुरु गरेको फुटपाथ (सडक पेटी) विस्तारले अब निरन्तरता पाउने भएको छ।

महानगरपालिकाले पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय काठमाडौँको हस्तक्षेपका कारण रोकिएको थियो।

Seti Hospital

यसरी रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आज महानगरपालिकाले माग गरेबमोजिम अन्तरिम आदेश दिएपछि काम फेरि शुरु हुने भएको हो।

नयाँ सडक क्षेत्रलाई पैदलमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर गत जेठ ११ गतेदेखि काम थालेको थियो।

उक्त काममा जेठ १२ गते डिभिजन सडक कार्यालय काठमाडौँले हस्तक्षेप गरेको थियो। त्यसपछि डिभिजन सडक कार्यालयले काम रोक्नका लागि जेठ १३ र १६ गते गरी दुईवटा पत्र पठाएको थियो।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।

रिट निवेदनमा महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको वडा नं. २२, २३ र २४ अन्तर्गत पर्ने न्युरोड बजार क्षेत्रमा आव ०८०/८१ को बजेटबाट फुटपाथ (सडक पेटी) विस्तार गर्ने योजनाअनुरुप कार्य सञ्चालन गर्न अन्तरिम आदेश माग गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार