अछाममा बालिकामाथी जबरजस्ती गर्न खाज्ने एक युवक पक्राउ

अछाम : अछाममा बालिकालाई जबरजस्ती गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको कमलबजार नगरपालिका – ५ का ३६ वर्षिय प्रेम बि.क लाई बालिकालाई जबरजस्ती गर्न खोजेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनले असार २८ गते दिउँसो मदिरा सेवन गरी एक १३ वर्षिया बालिकालाई जबरजस्ती गर्न खोजीरहेको अवस्थामा पक्राउ गरिएको बताईएको छ । पक्राउ परेका बिकले बालिकाको कोठा भित्र गई भित्रबाट ढोकाको चुक्कुल लगाई बालिकालाई जबरजस्ती गर्न खोजेको अवस्थामा बालिका चिच्याउदा स्थानियले जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

Dengue

त्यसपश्चात जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई प्रकाउ गरेको थियो । पक्राउ परेका बिकलाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार