त्रिशूलीमा भेटियो ११ जनाको शव, थपको खोजी जारी

भरतपुर : त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन । 

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत हुन नसकेका शवहरू मध्ये तीन वटा भरतपुर अस्पताल र तीन वटा परासी अस्पतालमा राखिएको छ । पहिचान भएपछि ती शव पोष्टमाटम गर्दै परिवारलाई बुझाइने बताइन्छ ।

Dengue

शुक्रवार भएको दुर्घटना पछि अहिले सम्म फेला परेका शवहरू मध्ये सनाखत भएकामा भारत वेतियाका सजात अन्सारी, रौतहटका प्रकाश ठाकुर, चितवन माडीका विकाश परियार, सर्लाही वरथहवाका रमितकुशर माझी र भारत विहारका ऋषि पाल रहेका छन् । 

यता दुर्घटना ग्रस्त बस अझै भेट्न सकिएको छैन । आज चौथो दिन पनि नेपाल प्रहरी, शससत्र प्रहरी र नेपाल प्रहरीले  खोजी कार्य जारी राखेको छ । आइतबार चितवन आउनु भएका गृह सचिव एकनारायण अर्यालले बस खोज्न अब भारत वा चीनबाट विशेष उपकरण ल्याउने तयारी  भइरहेको जानकारी दिनुभएको थियो । 

गत शुक्रवार बिहान काठमाडौँ गौरको बस र वीरगन्ज काठमाडौँको बस भरतपुरको सिमलतालवाट  त्रिशूलीमा खस्दा बेपत्ता छ । पहिरोले बगाएर बेपत्ता भएको सो बसमा ६५ जना यात्रु थिए । जस मध्ये ३ जना पौडिएर बाच्न सफल भएका हुन । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार