अत्तरियामा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जना सशस्त्र प्रहरी सहित ५ जना घाइते

 धनगढी : कैलालीको अत्तरियामा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा  सशस्त्र प्रहरीका २ जना सहित ५ जना घाइते भएका छन् । शनिवार साँझ अत्तरिया धनगढी ६ लेन सडक खण्ड अन्तरगत सब्जी मन्डी अगाडी भएको दुर्घटनामा मोटरसाइकलमा सवार २ जना सशस्त्र प्रहरी र बसमा सवार ३ जना घाइते भएका हुन ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार धनगढीबाट अत्तरिया तर्फ आइरहेको से १ ख ९१५ नम्बरको बसले सडक क्रस गरिरहेको सुपप्र ०१०१०प ८६३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Dengue

दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिका – २ का ३० वर्षीय सशस्त्र प्रहरी सहायक हवलदार सुरत ऐर र सोही ठाउँकी २८ वर्षीय सशस्त्र प्रहरी जवान निलम बोहरा घाइते भएका छन् । दुवै जना सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियामा कार्यरत रहेका थिए ।

त्यस्तै उक्त दुर्घटनामा बसमा सवार गौरीगंगा नगरपालिका – ३ का ६५ वर्षीय मीन प्रभात जोशी, धनगढीकी २० वर्षीय करुणा चौधरी र घोडाघोडी नगरपालिका – ६ की ३ वर्षीय प्रियङ्कीत भण्डारी घाइते भएको प्रदेश प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । बसमा अचानक ब्रेक लगाउँदा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ ।

घाइते ४ जनाको अत्तरिया अस्पतालमा उपचार भइरहेको छ भने बायाँ खुट्टा र बायाँ हाटमा चोट लागेका मोटरसाइकल चालक ऐरलाई भारतको रुद्र अस्पतालमा लगिएको छ ।

बस र बस चालक गोदावरी नगरपालिका – १ का ३५ वर्षीय मीन बहादुर चौधरी र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार