कञ्चनपुरबाट लागू औषध सहित ४ जना पक्राउ

धनगढी : कैलाली कञ्चनपुरबाट एकै दिन लागू औषध सहित ४ जना पक्राउ परेका छन् । प्रहरीले शनिवार लागू औषध सहित कञ्चनपुरको भीमदत्त नगरपालिका, झलारी र कैलालीको भजनीबाट ४ जनालाई पक्राउ गरेको हो ।

.शनिवार राती लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका – ३ भासीका जीवन शर्मालाई पक्राउ गरेको छ । प्रहरीले उनको कोठामा खानतलासी गर्दा फ्रिज माथि रहेको प्लास्टिकको गमलामा लुकाई राखेको अवस्थामा ०.२४ ग्राम लागू औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ र ५ वटा SPASMO – TAD लेखिएको क्याप्सुल बरामद गरेको हो ।

Dengue

यस्तै शनिवार साँझ इलाका प्रहरी कार्यालय झरालीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका – ८ बाट ६४ वर्षीय राई भान ठगुन्नालाई पक्राउ गरेको छ । प्रहरीले ठगुन्नाले सञ्चालन गरेको खुद्रा पसलमा  खानतलासी गर्दा चाउचाउको पेटी भित्र लुकाई राखेको अवस्थामा ४३.१३ ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

सोही समयमा इलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटा नगरपालिका – ८ मणिकाधामबाट पनि २२ वर्षीय करन जप्रेललाई पक्राउ गरेको छ । उनको साथबाट ५.१८ ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

शनिवार साँझ प्रहरी चौकी जनकपुर कैलालीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका – ३ कुसमघाटमा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा टिकापुर नगरपालिका – १ ब्लक नम्बर १३ का २४ वर्षीय विकास सेरचनलाई लागू औषध सहित पक्राउ गरेको छ । उनको साथबाट ९३० मिलिग्राम लागू औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार