अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते

एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते हुनुभएको छ । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्पलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गोली चल्दा र्‍यालीमा सहभागी एक जनाको ज्यान गएको छ । गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । गोली लागेपछि ट्रम्पलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।

Dengue

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कुनै पनि हिंसात्मक घटनालाई ठाउँ नदिइने बताउनुभएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गर्नुभएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार