काठकाडौँ : चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये थप दुई जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार उनीहरूको शव पूर्वी नवलपरासीमा फेला परेको हो । उक्त दुर्घटनामा परेका अर्का यात्रुको शव आज बिहान चितवनस्थित गोलाघाटमा भेटिएको थियो । उनी भारतको बिहारका ऋषिपल साह भएको पुष्टि भएको छ ।
बाँकी दुई जनाको पहिचान भने खुल्न बाँकी छ । उनीहरूमध्ये एकजना नारायणी नदी किनारामा बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
यी दुईवटा शवको सनाखत भने हुन सकेको छैन । त्रिशूलीमा नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोलीले बस र यात्रुको खोजी कार्य जारी राखेको छ । तर, बस हालसम्म फेला परेको छैन ।
प्रतिक्रिया दिनुहोस्