अनलाइनमार्फत ठगी गरेको आरोपमा महिला पक्राउ

काठमाडौँ : जिल्ला प्रहरी कार्यालय तनहुँले अनलाइनमार्फत ठगी गरेको आरोपमा महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन् ।​

Dengue

उनले तनहुँको व्यास नगरपालिका–१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर ५ लाख रुपैयाँ ठगी गरेकी थिइन् । 

पक्राउ परेकी थापाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार