महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ

खोटाङ : महिलालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । प्रहरीले जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित छुप्लुङका ६२ वर्षीय बलवीर राईलाई पक्राउ गरेको हो ।

असार २७ गते राति २९ वर्षीया महिलालाई बलात्कार गरेको जानकारीपछि बिहीबार पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय दिक्तेल पठाइएको चिसापानीस्थित प्रहरी निरीक्षक राजु निरौलाले बताए ।

Dengue

उनका अनुसार पीडित महिलालाई पनि स्वास्थ्य परीक्षणका लागि दिक्तेल पठाइएको छ । यातायातको सहज पहुँच नभएकाले हिडाएरै दिक्तेल पठाइएको निरौलाको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जाहेरी आइसकेको र दर्ताको प्रक्रिया रहेको बताए । ‘जाहेरी पनि आइसकेको छ, दर्ता प्रक्रियामा छ,’ खड्काले भने । स्थानीयले भने घटना मिलापत्रको कोसिस भइरहेको गुनासो गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार