पहिरोसंगै त्रिशूलीले बगायो सृष्टिको जापान जाने सपना

बारा : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ घर भएकी सृष्टि यादव सवार एञ्जल बस चितवनको भरतपुर महानगरपालिका-२९ को सिमलतालमा लेदोसहितको पहिरोले बगाएको छ । हालसम्म उनी त्रिशूली नदीमा बेपत्ता छिन् । २५ वर्षीया सृष्टि जगदीश प्रसाद यादव र सुमित्रा देवी यादवको पहिलो सन्तान हुन् । उनी यस परिवारको जेठी छोरी हुन् । जगदीश र सुमित्राको सृष्टि सहित २२ वर्षीया अर्चना र १८ वर्षीय अनुराग गरि तीन सन्तान हुन् । अर्चना जनकपुरमा बसेर लोकसेवाको तयारी गर्दै छिन भने अनुराग काठमाडौंमा बसेर पढाई गर्दै छन् । भाई र बहिनीको पठाईको सबै खर्च सृष्टि र उनका बुवा जगदीशको कमाईले धानेको थियो ।

सृष्टिका बुवा जगदीश बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको न्यु फोड्ली एग्रो बिजनेस प्रालिमा बजार व्यवस्थापकको रुपमा कार्यरत छन् । तीन वर्ष अगाडि एसइई परीक्षा दिएकी सृष्टिले रेडियोग्राफीको दुई वर्ष तालिम पछि उनी पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रुपमा २०७९ साल चैतबाट करारमा कार्यरत थिइन् ।

Dengue

करीव डेढ बर्ष पर्साको सखुवा प्रसौनीमा कार्यरत उनी आफुले सिकेको सिप र ज्ञानले नेपाल भन्दा जापानमा राम्रो कमाई हुने र परिवारको जिवन सुधार गर्न सहयोग हुने विश्वासका साथ सृष्टिले जापानमा जाने योजना बनाइन् । सृष्टिले परिवारसंग सरसल्लाह गरेर नै जापानको सैनिक अस्पतालमा आवेदन दिएकी थिइन् । त्यहीँ सैनिक अस्पतालमा जान परीक्षा दिनका लागि उनी वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्सको बा.प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार थिइन् । तर, उनको बस गन्तव्यमा पुग्नै पाएन । जापान पुग्ने उनको सपनासंगै उनलाई भरतपुर महानगरपालिका–२९ को सिमलतालमा लेदोसहितको पहिरोले त्रिशूलीमा बेपत्ता पार्‍यो ।

जापान जानका लागि शनिबार काठमाडौंमा परीक्षा भएकाले उनी शुक्रबार राती वीरगन्जबाट काठमाडौंतर्फ लागिन । रातको १० बजेर १० मिनेटमा सृष्टिले आफ्नो बुवा जगदीशलाई बसबाटै फोन गरेर आफु जापान जानका निम्ती परीक्षा दिन काठमाडौं जाँदै गरेको सुनाईन् । उनका बुवाले बाटो खराव भएकोले हावाईजहाजबाट गएको भए हुने बताएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार