डा भण्डारी नेतृत्वको टिमले गर्‍यो छेटौं पटक सफल कलेजो प्रत्यारोपण

काठमाडौं : त्रिवि शिक्षण अस्पतालको टिमले छैटौं कलेजो प्रत्यारोपण सफल पारेको छ।  अस्पतालको जनशक्तिले विदेशी चिकित्सकको सहारा नलिइ गरेको यो छैटौं प्रत्यारोपण हो। समग्रमा यो १५ औं प्रत्यारोपण हो। 

त्रिवि शिक्षण अस्पतालमा भएका त्यसअघिका ९ वटा प्रत्यारोपण विदेशी चिकित्सकको संलग्नतामा गरिएको थियो। ३० वर्षका पुरुषलाई २७ वर्षीया श्रीमतीले कलेजो दान गरेको डा रमेशसिंह भण्डारीले बताएका छन्। दुवैजनाको स्वास्थ्य अवस्थामा राम्रो रहेको उनले बताएका छन्। 

शिक्षण अस्पतालले पछिल्लो समय नियमित रुपमा कलेजो प्रत्यारोपण कार्य गरिरहेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार