धनगढी : कैलालीबाट प्रहरीले अढाइ लाखको अबैध सामान बरामद बरामद गरेको छ ।
मंगलबार धनगढी उपमहानगरपालिका – ९ मसानघाट, त्रिवेणीघाट र भजनी नगरपालिका –५ जुठाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएको अन्दाजी २ लाख ४४ हजार २० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।
जस अन्तरगत प्याज, सुर्ती, प्लाष्टिक झिल्ली, गन्जी, तन्ना, साडी, सुटपिस, कुर्ती, बोईलर कुखुरा लगायतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्