देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी भएको छ ।

बैठकमा नयाँ सरकार गठन, केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट सहभागी हुने मन्त्रीको नाम लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

Dengue

नयाँ सरकार गठनका लागि ओलीले शुक्रबार साँझ प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए । शुक्रबार बेलुका एमाले अध्यक्ष ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतल निवास पुगेर दाबी पेस गरेका थिए।

एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेस गरेका ओलीले आजै प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् । पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गर्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार