मासिक उत्कृष्ठ विद्यालय घोषणा , को-को बने उत्कृष्ट विद्यालय

भक्तराज जोशी

धनगढी : धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सञ्चालन गरेको एउटा फरक कार्यक्रम, मासिक उत्कृष्ठ विद्यालय घोषणा कार्यक्रम हो । यसका लागि उपमहानगरपालिकाले २०८० चैत्र ८ गतेका दिन कार्यालय र ६८ वटा सामुदायिक विद्यालयहरुबीच कार्यसम्पादन सम्झौंता गरेको थियो । उक्त स्झौंताको मुख्य लक्ष्य सामुदायिक विद्यालयहरुको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शैक्षिक विकास गर्ने रहेको छ । जुन पुरा गर्न ६ वटा विभिन्न उद्देश्यहरु तय गरिएका छन् ।
यस कार्यक्रमको कार्यान्वयनका लागि ११ वटा मुख्य सूचकहरुका आधारमा ७२ वटा सहायक सूचकहरु तय गरिएका छन् । ती सबै सूचकहरुको पूर्णाङ्क १०० कायम गरिएको छ । यी सूचकहरुको आधारमा विद्यालयमा महिनाभर भए गरेका गतिविधिहरुलाई मासिक रुप सञ्चालन हुने प्रधानाध्यापकहरुको बैठकका अवसरमा प्रस्तुतीकरण गर्ने गरिन्छ । उक्त प्रस्तुतीकरणलाई तोकिएको मूल्याङ्कन समितिबाट मूल्याङ्कन गरी मासिक रुपमा उत्कृष्ठ विद्यालय घोषणा गर्ने गरिएको छ ।
२०८१ बैशाख महिनाको उत्कृष्ठ विद्यालय श्री शारदा माध्यमिक विद्यालय, धनगढी-२, बैयाबेहडी भएको थियो । बैशाख महिनामा एउटा मात्र विद्यालयलाई उत्कृष्ठ विद्यालय घोषणा गरिएको थियो र उक्त विद्यालयलाई सम्मान पत्र र १५ रुपैयाँ प्रोत्साहन उपलब्ध गराईएको थियो ।
२०८१ जेठ महिना देखि तहगत रुपमा ३ वटा विद्यालयलाई उत्कृष्ठ विद्यालय घोषणा गर्ने र उत्कृष्ठ घोषणा भएका तीन वटै विद्यालयलाई सम्मान पत्र र १० हजार रुपैयाँ प्रोत्साहन उपलब्ध गराउन थालिएको छ । जस अनुसार जेठ महिनामा माध्यमिक विद्यालय तर्फ श्री पञ्चोदय माध्यमिक विद्यालय, धनगढी-५, हसनपुर . आधारभूत तह कक्षा ८ सम्म सञ्चालित विद्यालयहरुमध्ये श्री सरस्वती आधारभूत विद्यालय, धनगढी-१, सरस्वतीनगर र आधारभूत तह कक्षा ५ सम्म सञ्चालित विद्यालयहरुमध्ये श्री जन जागृति आधारभूत विद्यालय, धनगढी-१५, कनरी उत्कृष्ठ विद्यालय हुन सफल भएका थिए ।
त्यसै गरी २०८१ असार महिनामा माध्यमिक विद्यालय तर्फ श्री सिद्धनाथ माध्यमिक विद्यालय, धनगढी-१२, सिद्धार्थनगर . आधारभूत तह कक्षा ८ सम्म सञ्चालित विद्यालयहरुमध्ये श्री न्यू कालिका आधारभूत विद्यालय, धनगढी-१७, धुर्जन्ना र आधारभूत तह कक्षा ५ सम्म सञ्चालित विद्यालयहरुमध्ये श्री राष्ट्रिय आधारभूत विद्यालय, धनगढी-५, तारानगर उत्कृष्ठ विद्यालय हुन सफल भएका छन् ।
यो कार्यक्रमले सामुदायिक विद्यालयमा भएका राम्रा अभ्यासहरु अर्को सामुदायिक विद्यालयमा गर्नका लागि प्रेरणा दिन, विद्यालयस्तरमा आईपर्ने समस्याहरु समाधान गर्न, विद्यालयस्तरमा भए/ गरेका सकारात्मक क्रियाकलापहरु समुदायस्तरमा पुर्याउन लगायत दर्जनौं कार्यहरुमा सहयोग पुगेको महशुस उपमहानगरपालिकाले गरेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार