गौरीगंगामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थी सम्मानित

कैलाली : कैलालीको गौरीगंगा नगरपालिकाले नगरभित्रका उत्कृष्ट नतिजा ल्याउने विद्यालय, विद्यार्थी तथा अविभावकहरूलाई सम्मान गरेको छ ।

शिक्षा शाखा प्रमुख हरिश पन्तका अनुसार वडा नम्बर ४ मा रहेको कालिका माध्यमिक विद्यालय र वडा नम्बर ८ को बिहानी क्षितिज बोर्डिङ स्कुललाई सम्मान गरिएको छ । बिहानीका ८५ प्रतिशत र कालिका माविका ३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

Dengue

बिहानीका एक जना विद्यार्थीलाई समेत सम्मान गरिएको छ । वडा नम्बर ६ मा रहेको अमर माध्यमिक विद्यालयका २ जना विद्यार्थी र चौमालाको मोहन्याल विद्या निकेतनका एक जना विद्यार्थीलाई समेत सम्मान गरिएको छ । शिक्षा शाखा प्रमुख पन्तले एक झोला, एक डायरी, एक पेन र सम्मान पत्र दिइएको बताए ।

नगरपालिकाले अमर माध्यमिक विद्यालयका छात्र निरिवल साउँद र सुलेना नेपाली, बिहानी क्षितिज स्कुलका छात्र हेमराज अवस्थीका बुवा लोकराज अवस्थी, मोहन्याल विद्या मन्दिरका छात्रा अनु रानामगरकी आमा पवित्रा रानामगरलाई सम्मान गरिएको छ । क्षितिजका प्रधानाध्यापक कल्पना भुषाल, कालिका माविका अध्यक्ष दिनेश खड्का र प्रधानध्यापक युवराज कडेललाई सम्मान गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार