पहिरोमा परेर बेपत्ता भएका आफन्त खोज्न आएकाहरूलाई चितवनका होटलले निस्शुल्क खाना खुवाउने

चितवन : चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले निस्शुल्क खाना खुवाउने भएका छन् ।

होटल व्यवसायी संघ चितवनले पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरुको खोजीका लागि आएकाहरुलाई निस्शुल्क खाना खुवाउने विज्ञप्ति निकालेर जानकारी दिएको छ । 

Dengue

पहिरोमा परेर बेपत्ता भएकाहरुको उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको संघका अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिए ।

पहिरोमा परेर बेपत्ता भएका आफन्तको खोजी कार्यको लागि आउँदा खानरबस्न समस्या नहोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न होटलमा निस्शुल्क खान बस्नको व्यवस्था गरिएको भट्टले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार