बेलडाँडीमा टी–२० खुल्ला क्रिकेट प्रतियोगिता हुने

धनगढी : कञ्चनपुरको बेलडाँडीमा ‘कञ्चनपुर क्षेत्र नम्बर १ टी– २० खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको । बेलडाँडीका युवाहरूको समूहले बेलडाँडी गाउँपालिका –२ स्थित रौलेश्वरको खेल मैदानमा साउन १ गतेदेखि क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेका हुन ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता नक आउट चरणमा टेनिस बलले खेलाइने आयोजक समूहका सदस्य खगेन्द्र महराले बताए । महराका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुकले असार ३० गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने छ । टिम दर्ता शुल्क ४५ सय तोकिएको छ । टिममा कञ्चनपुर क्षेत्र नम्बर १ भित्रका खेलाडी मात्र सहभागी हुन पाउने छन् ।

Dengue

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ४१ हजार र द्धितिय हुने टिमलाई नगद २१ हजार सहित ट्रफी मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार