बझाङको बजार क्षेत्र अब झिलिमिलि, स्मार्ट बत्ती जडान गरीयो !

बझाङ : बझाङको बुंगल नगरपालिकाले बजार क्षेत्रमा स्मार्ट बत्ती जडान गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकारले उपलब्ध गराएको बजेटबाट नगरपालिकाको बिजगडा बजार क्षेत्रको सडकहरूमा सात ओटा स्मार्ट बत्ती जडान गरेको हो ।

रातिको समयमा हुने यातायात तथा मानवीय आवागमन तथा शान्ति सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुँवरले बताए । उनले बिजगडा बजार क्षेत्रका विभिन्न सडकहरूमा स्मार्ट सडक बत्ती राखेर स्तरोन्नति गरिएको बताए ।

Dengue

बजेट कम भएका कारण यस वर्ष स्थलगत आवश्यकताका आधारमा केही सङ्ख्यामा मात्र बत्ति जडान गरिएको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार