प्रदेश सासंदको श्रीमान मोह : ऐन नियमको धज्जी उडाएर शिक्षक सरुवा

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसकी नेतृ सरस्वती खड्काले आफना श्रीमानलाई शिक्षक सरुवा निर्देशिका २०८१ विपरीत सरुवा गरेको तथ्य फेला परेको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोला स्थित असिग्राम माध्यमिक विद्यालमा निमावि तृतीय श्रेणीको नेपाली विषय पढाउने गरेका उनका श्रीमान लालबहादुर साउँदलाई राजनीतिक शक्तिको आडमा जिल्ला सदरमुकाममा अवस्थीत महेन्द्र माध्यमिक विद्यालयमा नियम विपरीत सरुवा गरिएको भन्दै प्रदेश सभा सदस्य खड्काको चर्को अलोचना भैइरहेको छ ।

Dengue

उनले आफ्नो श्रीमान सरुवा गरेको यो पहिलो घटना भने होईन । श्रीमान लालबहादुर पहिलो पटक परिक्षणकालमै रहेका बेला बैतडीको पाटनबाट डडेल्धुराको आलीतालमा रहेको उणीकोट माविमा सरुवा गराएकी थिइन् ।

जतिबेला उनका श्रीमानले नियुक्ती बुझेको छ महिना समेत पुगेको थिएन । दोस्रो पटक उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोला स्थित असिग्राम माध्यमिक विद्यालमा आफ्नो श्रीमानको सरुवा गराउन सफल भएकी थिइनन् ।

कुनै पनि शिक्षकले सरुवा हुन चाहेमा विद्यालयको सहमती अनिवार्य चाहिने भएकाले श्रीमानको सुरुवामा उनले विद्यालयलाई विभिन्न आश्वासन समेत बढ्ने गरेको खुलेको छ ।

शिक्षक साउँदको सरुवाले दुबै विद्यालयमा समस्या उत्पन्न

शिक्षक लालबहादुरको सरुवा गरिएको पत्रमा दरबन्दीसहित वा व्यक्तिको मात्रै सरुवा गरिएको हो भन्नेबारे केही खुलाइएको छैन् । यता, महेन्द्र माविमा दरबन्दी खाली नभएकै अवस्थामा उनको सरुवा भएपछि रुवाखोलाका स्थानीयले शिक्षक साउँदको दरबन्दीसहितको सरुवा भए आफुहरुलाई मान्य नहुने भन्दै शिक्षा विकास तथा समन्वय इकाई समक्ष चेतावनी समेत दिएका छन् ।

असिग्राम माविसँगको सरुवा सहमतिमा महेन्द्र माविको शिक्षक असिग्राममा आउने र असिग्रामको शिक्षक महेन्द्र माविमा जाने कुरा भएको भएपनि अहिले एकल सरुवा गरिएकोमा विद्यालयले आपत्ति जनाएको छ । निमावि तृतीय श्रेणीको नेपाली विषयको एउटा मात्र दरबन्दी रहेको महेन्द्र माध्यमिक विद्यालयमा अहिले एक जना महिला शिक्षिका कार्यरत भएकै अवस्थामा श्रीमानलाई सोही ठाउँमा राख्न प्रदेशसभा सदस्य खड्काले अनेकन प्रपञ्च रचेको आरोप छ ।

त्यसोत लालबहादुर अपांग भएको भन्दै जबर्जस्ती सरुवा गर्न खोजिएको भएपनि उनीभन्दा सिनियर र महिला भएकै कारण सरुवा जटील बनेको छ । यता आफ्नो सरुवा गर्न खोजिएको थाहा पाएपछि ति शिक्षिकाले शिक्षा विकास तथा समन्वय इकाईमा मञ्जुरी बेगर सरुवा गरिए आफु कानुनी उपचारमा जाने चेतावनी स्वरूप निवेदन दिएको स्रोत बताउँछ । महेन्द्र माध्यमिक विद्यालयले पनि विद्यालयबाट कसैको इच्छा विपरीत सरुवा नहुने बताएको छ ।

दबाबमा सरुवा गरिएको शिक्षा विकास तथा समन्वय इकाई भनाई

सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय सरस्वती खड्का स्वयम् मन्त्रालयको सचिव स्तरबाटै आफ्नो श्रीमानको सरुवाको परिपत्र लिएर कार्यालयमै पुगेर चाडोभन्दा चाडो सरुवा गरिदिन भनेपछि आफुहरुले बाध्य भएर शिक्षक साउँदको सरुवा गरेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नारदप्रसाद जोशीले बताए् ।
माननीय खड्काले रूवाखोलाका सबैलाई मिलाउने आश्वासन समेत दिएकी थिइन्।

इन फो समाचारबाट साभार

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार