विश्वका सबैभन्दा धनी क्रिकेट बोर्ड र तिनको अपार सम्पत्ति

काठमाडौँ : पछिल्लो समय क्रिकेट विश्वकै लोकप्रिय खेलका रुपमा विकास हुँदै गएको छ । हाल विश्वका थुप्रै राष्ट्रमा क्रिकेट खेलिन्छ । विश्व क्रिकेटको नेतृत्वदायी निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एक सय आठ देशलाई आफ्नो सदस्यका रुपमा मान्यता दिएको छ ।

त्यसमध्ये १२ राष्ट्र आईसीसीको पूर्णकालीन सदस्य हुन् । बाँकी ९६ राष्ट्र भने एसोसिएट सदस्य हुन् । हरेक देशको क्रिकेट त्यो देशको राष्ट्रिय क्रिकेट बोर्डद्वारा सञ्चालिन हुन्छन् । यसको अर्थ, अहिले विश्वभर एक सय आठवटा क्रिकेट बोर्ड सक्रिय छन् ।  

Dengue

त्यसमध्ये सबैभन्दा बढी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को दबदबा देखिन्छ । बीसीसीआई विश्वकै सबैभन्दा धनी क्रिकेट बोर्ड हो । सर्वाधिक धनी क्रिकेट बोर्डको सूचिमा बीसीसीआईपछि क्रिकेट अस्ट्रेलिया (सीए) दोस्रो नम्बरमा पर्छ ।

पछिल्लो रिपोर्टअनुसार, बीसीसीआईको कुल सम्पत्ति करिब दुई अर्ब २५ करोड अमेरिकी डलर अर्थात १८ हजार सात सय करोड भारतीय रुपैयाँ रहेको छ । यो रकम क्रिकेट अस्ट्रेलियाको कुल सम्पत्तिभन्दा २८ गुनाले बढी हो ।

बीसीसीआईको आम्दानीको सबैभन्दा ठुलो माध्यम फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) हो । पुरुष आईपीएलबाट गतिलो आम्दानी भएपछि बीसीसीआईले महिला आईपीएल पनि सुरु गरेको छ ।

सबैभन्दा धनी क्रिकेट बोर्डको सूचिमा दोस्रो स्थानमा रहेको क्रिकेट अस्ट्रेलियाको कुल सम्पत्ति सात करोड ९० लाख अमेरिकी डलर रहेको छ । अस्ट्रेलियाको आम्दानीको बलियो माध्यम पनि फ्रेन्चाइज प्रतियोगिता बिग बास लिग हो ।

सबैभन्दा धनी क्रिकेट बोर्डको सूचिमा तेस्रो नम्बरमा इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) रहेको छ । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको कुल सम्पत्ति पाँच करोड ९० लाख अमेरिकी डलर रहेको छ । यो सूचिमा चौथो नम्बरमा रहेको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को कुल सम्पत्ति पाँच करोड ५० लाख डलर रहेको छ ।

यसैगरी पाँचौँ नम्बरमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) छ । बीसीबीको कुल सम्पत्ति पाँच करोड १० लाख अमेरिकी डलर रहेको छ । छैटौँ नम्बरमा रहेको दक्षिण अफ्रिका क्रिकेट बोर्ड (सीएसए) को कुल सम्पत्ति चार करोड ७० लाख अमेरिकी डलर रहेको छ ।

यसैगरी यो सूचिमा सातौँ नम्बरमा रहेको जिम्बाब्बे क्रिकेट बोर्डको कुल सम्पत्ति तीन करोड ८० लाख अमेरिकी डलर रहेको छ । आठौँ स्थानमा आसिन श्रीलंका क्रिकेट बोर्डको कुल सम्पत्ति दुई करोड अमेरिकी डलर रहेको छ ।

नवौँ नम्बरमा रहेको वेस्ट इन्डिज क्रिकेट बोर्डको कुल सम्पत्ति एक करोड ५० लाख अमेरिकी डलर र दशौँ स्थानमा आसिन न्युजिल्यान्ड क्रिकेट बोर्डको कुल सम्पत्ति ९० लाख अमेरिकी डलर रहेको पछिल्लो रिपोर्टमा उल्लेख छ ।

विश्वका सबैभन्दा धनी क्रिकेट बोर्ड

० भारतीय क्रिकेट कन्ट्रोल बोर्ड- दुई अर्ब २५ करोड अमेरिकी डलर ।

० क्रिकेट अस्ट्रेलिया- सात करोड ९० लाख अमेरिकी डलर ।

० इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड- पाँच करोड ९० लाख अमेरिकी डलर ।

० पाकिस्तान क्रिकेट बोर्ड- पाँच करोड ५० लाख अमेरिकी डलर ।

० बंगलादेश क्रिकेट बोर्ड- पाँच करोड १० लाख अमेरिकी डलर ।

० दक्षिण अफ्रिका क्रिकेट बोर्ड- चार करोड ७० लाख अमेरिकी डलर ।

० जिम्बाब्बे क्रिकेट बोर्ड- तीन करोड ८० लाख अमेरिकी डलर ।

० श्रीलंका क्रिकेट बोर्ड- दुई करोड अमेरिकी डलर ।

० वेस्ट इन्डिज क्रिकेट बोर्ड- एक करोड ५० लाख अमेरिकी डलर ।

० न्युजिल्यान्ड क्रिकेट बोर्ड- ९० लाख अमेरिकी डलर । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार