सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकि श्रीमती भ्रष्टाचारी, अदालतले तोक्यो ६ महिना कैद

धनगढी : नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा गीता सोडारीलाई ६ महिना कैद सजाय तोकिएको छ। बिहीबार विशेष अदालतले उनलाई १० हजार रुपैयाँ जरिवानासमेत हुने सजाय सुनाएको हो। उनी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि ७ असोज ०७९ मा मुद्दा दायर गरेको थियो। जसमाथि विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो। 

Seti Hospital

कैलालीको श्री शिव माध्यमिक विद्यालयमा प्राथमिक तहको राहत शिक्षकका रूपमा कार्यरत सोडारीले जागिरका लागि नक्कली प्रमाणपत्र पेस गरेकी थिइन्। उनले भारतबाट एउटै तहका दुईवटा माध्यमिक तह उत्तीर्णसरहका (कक्षा १०) प्रमाणपत्र ल्याएको भेटिएको थियो। 

अनुसन्धानका क्रममा ती दुवै प्रमाणपत्र नक्कली रहेको भेटिएपछि मुद्दा दायर भएकोमा ठहर हुने फैसला भएको हो। भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १६(१) बमोजिम कसुर गरेको भन्दै इजलासले उनलाई कैद र जरिवानाको सजाय सुनाएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार