मन्त्री नआएपछि २ मिनेट बसेर सकियो प्रतिनिधिसभा बैठक

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा एक जना पनि मन्त्री नआएपछि भोलीसम्मका लागि स्थगित भएको छ । दिउँसो ४ बजेका लागि बोलाइएको बैठक साँझ साढे ५ बजे बसेको थियो । बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा एक जना पनि मन्त्री नभएका कारण संसद् बैठक अगाडि जान नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण जनाए । 

त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ अनुसार प्रतिनिधिसभा बैठक सञ्चालन गर्न अनिवार्य मन्त्रीको उपस्थिति हुनुपर्ने व्यवस्था रहेको भन्दै शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । बैठक जम्मा २ मिनेट बसेर स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले “आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०)” पेश गर्ने कार्यसूची रहेको थियो । 

Dengue

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसेका कारण मन्त्रीहरू संसद्‌मा उपस्थित हुन नसकेको जनाइएको छ । भोलीको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार